सत्ता गठबन्धन टुटाउन अब राष्ट्रपति चयनमा पनि प्रयास गर्छौँ -सांसद भण्डारी

सत्ता गठबन्धन टुटाउन अब राष्ट्रपति चयनमा पनि प्रयास गर्छौँ -सांसद भण्डारी

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले सत्तारुढ गठबन्धन टुटाउनका लागि राष्ट्रपति चयनमा पनि प्रयास गर्ने बताएका छन् । 

सभामुखमा देवराज घिमिरे निर्वाचित भएलगत्तै सांसद भण्डारीले सञ्चारकर्मीमाझ सरकार बनाउने बेला माओवादीसहितका आफूहरुको गठबन्धन टुटाएकाले अव आफूहरुले पनि सत्ता गठबन्धन टुटाउनका लागि प्रयास गर्नु स्वभाविकै भएको तर्क समेत गरे । 

सांसद भण्डारीले सभामुखलाई मिसन बनाएर सत्तारुढ गठबन्धन टुटाउने गरिएको प्रयास सफल नभएकाले अव राष्ट्रपतिलाई मिसन बनाएर सो कामलाई अघि बढाउने पनि स्पष्ट पारे । 

उनले भने, ‘पहिला हामी माओवादी सहित ४ वटा पार्टी गठबन्धनमा गयौं । सरकार बनाउने बेलामा त्यो गठबन्धन टुट्यो नि । जसको गठबन्धन टुटेको छ । त्यसले अर्को गठबन्धन टुटाउन लागि रहन्छन नि । त्यो निरन्तर प्रक्रिया हो । यो राजनीतिमा आउने स्वभाविक प्रक्रिया हो । त्यसकारण मिसन सभामुख थियो । त्यो भएन । अव मिसन राष्ट्रपति पनि हुन्छ । मिसट गठबन्धन टुटाउने हुन्छ । यसमा कुनै शंका नै भएन नि ।’

Logo