प्रतिपक्षी दलहरूले राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवारको टुंगो भोलि लगाउने

प्रतिपक्षी दलहरूले राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवारको टुंगो भोलि लगाउने

केन्द्रबिन्दु
0
Shares

प्रतिपक्षी दलहरूले राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवारको टुंगो आइतबार बिहानसम्म लगाउने भएको छ।

शनिबार बिहान संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरुको बैठकपछि कांग्रेसले प्रारम्भीक छलफल गरेर आइतबार बिहान उम्मेदवार टुंगो लगाउने निर्णय गरेको कांग्रेस संसदीय दलको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। ‘संघीय संसदमा भएका विपक्षी दलका नेताको बैठक सकियो। मुलतः राष्ट्रिय सभा उपाध्यक्षका विषयमा सल्लाह भयो, भोलि बिहान निर्णयमा पुग्छौ’, उनले भने, ‘आज एक सरो छलफल र विश्लेशण भएको छ। भोलि बिहानसम्ममा निर्णयमा पुगिन्छ र भोलि नै टुंगिन्छ’, उनले भने।

यसैबिच, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी माघ २३ गते हुने राष्ट्रिय सभा उपाध्यक्षमा आफ्नो पार्टीले दाबी नगर्ने बताएका छन्। बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सबै विपक्षीदलसँग सल्लाह गरेर साझा उम्मेदवार उठाउने बताए। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा कांग्रेससहित एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी थिए।

नेकपा एमालेका उम्मेदवालाई सर्वसम्मत हुन नदिने सोचमा रहेको कांग्रेसले बिहिवार राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको थियो । लामो समय देखी रिक्त राष्ट्रिय सभाका उपाध्यक्ष माघ २३ मा गर्ने संघीय संसद सचिवालयले यसअघि नै जानकारी गराईसकेको छ ।

Logo