नेकपा विवाद : ओली-दाहाल आज पनि छलफलमा

नेकपा विवाद : ओली-दाहाल आज पनि छलफलमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज पनि भेटवार्ता भइरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी आजको छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ पनि सहभागी भइरहेका छन् ।

पार्टीमा देखिएको विवादका सम्बन्धमा निकास दिने प्रयास स्वरुप आ ज उनीहरुबीच छलफल भइरहेको हो । यस अघि आइतबार पनि छलफल भएकोमा कुनै निष्कर्ष निस्किन भने सकेन ।

साउन १३ गते स्थायी समिति बैठक स्थगित भए यता दुई अध्यक्षबीच कुनै भेटवार्ता भएको थिएन । अध्यक्ष ओलीले एकतर्फी रुपमा स्थायी समिति बैठक स्थगित गरे पनि प्रचण्डले सोही दिन आफ्नो अध्यक्षतामा बैठक बसाएका थिए ।

Logo