राष्ट्रिय स्वतन्त्र पार्टीको दल दर्ता खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता हुँदाकै बखत कानुनी रूपमा अवैधानिक तथा अयोग्य रहेको दाबी गर्दै युवराज सफलले आइतबार निवेदन दर्ता गराएका हुन् । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा (५) को उपदफा (च) को व्यवस्था बमोजिम पार्टी दर्ता कायम हुन न्यूनतम २१ जना केन्द्रीय सदस्य हुनु पर्ने व्यवस्था रहेकोमा निवेदनको बुँदा नं. (२)को निर्णयबाट पार्टी सभापति रवि लामिछाने तत्कालीन समयमा दल दर्ता गर्न अयोग्य रहेको भन्ने पुष्टि भएसँगै २१ जनाको केन्द्रीय समिति २० जनामा सीमित भएको निवेदनमा उल्लेख छ । यस्तो अवस्था पार्टी दर्ता हुन अयोग्य भएको अवस्था रहेकाले दल दर्ता खारेज हुनुपर्ने निवेदनमा दाबी गरिएको छ ।
यस्तै, पार्टीका तर्फबाट सञ्चालन भएका हालसम्मका राजनीतिक गतिविधि तथा कामकारबाहीलाई अवैधानिक घोषणा गर्न पनि माग गरिएको छ ।






























प्रतिक्रिया