माओवादीले पेरिसडाँडामा मनायो जनयुद्ध दिवस [फोटो फिचर]

माओवादीले पेरिसडाँडामा मनायो जनयुद्ध दिवस [फोटो फिचर]

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रले आइतबार २८ औँ जनयुद्ध दिवस मनाएको छ ।

पेरिसडाँडामा आयोजित विशेष समारोहमा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष उपस्थितिमा माओवादीका पदाधिकारी तथा नेता कार्यकर्तालगायतको सहभागितामा जनयुद्ध दिवस मनाईएको हो ।

सो अवसरमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको तस्विरमा माल्यापर्ण गरेका थिए भने सहिद स्तम्भम शिर झुकाएर अभिवादन गरेका थिए । सो कार्यक्रमा माओवादीका उच्च नेताहरुको पनि उपस्थिति रहेको थियो । जनयुद्ध दिवसको अवसरमा सरकारले आज देशव्यापी सार्वजनिक बिदा दिएको छ ।

Logo