भरतमोहन अधिकारीको छोरी बनिन् रास्वपा केन्द्रीय सदस्य, रमेश र ज्वाला पनि समेटिए

भरतमोहन अधिकारीको छोरी बनिन् रास्वपा केन्द्रीय सदस्य, रमेश र ज्वाला पनि समेटिए

केन्द्रबिन्दु
0
Shares

नेपाली कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएका भरतमोहन अधिकारीकी छोरी लिमा अधिकारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिमा समेटिएकी छन् । 

सोमबार बसुन्धारामा बसेको रास्वपाको संसदीय दल र केन्द्रिय समितिको बैठकले केन्द्रीय समितिलाई विस्तार गर्दै २४ जनाबाट बिस्तार गरेर ४० जनाको बनाएको हो । सो क्रममा अधिकारी पनि परेकी हुन् । 

मुलुकमा नेताहरुको शैली र गुटले नयाँ पुस्तामा राजनीतिप्रति वितृष्ण पैदा गराएको र पछिल्लो राजनीतिक घटनाक्रमले त कम्युनिस्ट पार्टीको सदस्य हुँ भन्न पनि गाह्रो बनाएको बताउँदै आएकी अधिकारी भर्खरै उदाएको रवि लामिछाने नेतृत्वको पार्टीमा समावेश भएकी हुन् । 

साथै केन्द्रीय समितिमा थपिनेमा चर्चित पब्लिक स्पिकर तथा टेलिभिजन प्रस्तोता रमेश प्रसाई र सामाजिक सञ्जालमा भाइरल ज्वाला संग्रौला समेत छन् । 

हेर्नुहोस्, विवरण-

Logo