कांग्रेस नेता भण्डारीको घरमा ग्याँस विस्फोट, आईसीयूमा उपचार हुँदै

कांग्रेस नेता भण्डारीको घरमा ग्याँस विस्फोट, आईसीयूमा उपचार हुँदै

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसमा सांसद नेता चन्द्र भण्डारीको घरमा (एलपी) खाना पकाउने ग्यास सिलिण्डर विस्फोट भएको छ ।

उनको निजी निवास काठमाडौंको नयाँ वानेश्वर बुद्धनगरमा गएराति भएको विस्फोटमा सांसद भण्डारी र उनकी ८६ वर्षीया आमा गम्भीर घाइते भएकी हुन् । घाइते दुवै जनाको हाल कीर्तिपूरस्थित बर्न सेन्टर उपचार भइरहेको जनाइएको छ । काँग्रेस महामन्त्री महामन्त्री विश्वप्रकाश शर्माले आफू बुधबार राति नै कीर्तिपूर अस्पताल पुगेर भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्था बुझेको सामाजिक संजालमार्फत जानकारी दिएका छन् ।

चिकित्सकका अनुसार चन्द्र भण्डारीको शरीरको केही भाग जलेको छ भने उनकी आमाको करिब ७० प्रतिशत शरीर जलेको छ । भण्डारी गुल्मी १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।

Logo