रास्वपाको चुनाव चिन्हमा हेरफेर, घन्टी बाहिरको गोलाकार हट्यो

रास्वपाको चुनाव चिन्हमा हेरफेर, घन्टी बाहिरको गोलाकार हट्यो

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन चिन्हमा केही हेरफेर गरेको छ ।

यसअघि गोलो घेराभित्र घण्टी चुनाव चिन्हमा रहेकोमा रास्वपाले गोलो घेरा हटाएर घण्टी मात्रै राखेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । निर्वाचन आयोगले पनि राजनीतिक दलसम्बन्धी विवरण अद्यावधिक गर्दै रास्वपाको चुनाव चिह्न घण्टीमात्रै राखेको छ ।

रवि लामिछाने नेतृत्वको रास्वपाले गत मंसिर ४ गतेको प्रतिनिधि सभा निर्वाचनमा गोलो घेराभित्र घन्टी चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेको थियो । प्रतिनिधिसभामा रास्वपाले प्रत्यक्ष र समानुपातिक गरी २० सिट प्राप्त गरेको छ। यद्यपि, अध्यक्ष रवि लामिछानेको सांसद पद खारेज भएपछि चितवन २ मा वैशाख १० गते पुनः उपनिर्वाच हुँदैछ । निर्वाचनका लागि रास्वपासहित १८ दल दर्ता भएका छन् ।

Logo