जनता समाजवादी पार्टी नेपालकी नेतृ प्रमिला यादवले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गरेकी छन् ।
नेतृ यादवले शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय बानेश्वर पुगेर उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी हुन् । यादवको प्रस्तावकमा रन्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की, राजकिशोर यादव रहेका छन् भने समर्थकमा अनिता देवकोटा, सीता गुरूङ, वीरेन्द्र महतो, मनिस सुमन र सुशिला श्रेष्ठ रहेका छन् ।
जसपाबाट संसदीय दलका नेता रामसहायप्रसाद यादवले पनि उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । यसबारे जसपाले कुनै औपचारिक निर्णय गरेको छैन ।
निर्वाचन आयोगले आज उपराष्ट्रपतिका लागि मनोनयन दर्ताको समय दिएको छ ।





























प्रतिक्रिया