लीला सिटौलालाई आज सांसद पदको शपथ गराईंदै

लीला सिटौलालाई आज सांसद पदको शपथ गराईंदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

जनता समाजवादी पार्टीबाट सांसद बन्न लागेकी लीला सिटौलाले आज पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले आज दिउसो १ बजे उनलाई शपथ गराउने बताइएको छ ।

दिउसो १ बजे संघीय संसद् सचिवालयको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा शपथ ग्रहणको कार्यक्रम तय भएको हो ।

पार्टी ‘ह्विप’ नमानेका कारण पार्टीको साधारण सदस्य र सांसद पदबाटसमेत निस्कासित सरिता गिरीको ठाउँमा लीला सिटौला नियुक्त भएकी थिइन्।

Logo