जनयुद्धका मुद्दा माओवादीलाई लगाएर फौजदारी कसुरमा फैसला गर्ने षड्यन्त्र हुँदैछः नेता गजुरेल

जनयुद्धका मुद्दा माओवादीलाई लगाएर फौजदारी कसुरमा फैसला गर्ने षड्यन्त्र हुँदैछः नेता गजुरेल

केन्द्रबिन्दु
0
Shares

मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीका नेता सिपी गजुरेलले प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रबिरोधी कामहरु गरिरहेको आरोप लगाएका छन् । 

इच्छुक सांस्कृतिक प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता गजुरेलले यस्तो आरोप लगाएका हुन् । उनले प्रधानमन्त्री दाहालले लगातार जनबिरोधी र राष्ट्रबिरोधी कामहरु गरिरहेको आरोप लगाउँदै जनताका बीचमा लगेर ती कामहरुलाई उजागर गर्न जरुरी रहेको बताए । 

उनले विश्वकप लिग टु क्रिकेटको आफ्नो अन्तिम खेलका क्रममा प्रधानमन्त्रीका रुपमा दर्शक बनेर कीर्तिपुर खेल हेर्न पुग्दा प्रधानमन्त्रीबिरुद्ध नाराबाजी लागेपनि प्रधानमन्त्रीलाई त्यसको लाज नलागेको बताए । देशमा यसअघि अत्याचार, शोषण, महंगी र बेराजगारी यति धेरै नरहेको उल्लख गर्दै गणतन्त्र पछिको समाजवादउन्मुख व्यवस्थाले झनै विसंगति पैदा गरेको उनले आरोप लगाए । 

नेता गजुरेलले सत्तामा रहेको माओवादी र बिद्रोही माओवादीबीच कार्यगत एकताको प्रयास भएपनि सफल नभएको बताए । उनले माओवादीहरु डराएर एकजुट भए भन्नेकुरा गलत रहेको बताए । अहिले पनि माओवादीहरु एक ठाउँमा नरहेको स्पष्ट पारे । 

नेता गजुरेलले जनयुद्धका मुद्दा माओवादीलाई लगाएर फौजदारी कसुरमा सजाय गराउने पक्षमा अदालत रहेको बताए । उनले १६ वर्षसम्म त्यो प्रक्रियाबाट न्याय दिन नसकेपछि अब जनयुद्धका मुद्दाहरु अदालतले फैसला गर्ने योजनाअनुसार अघि बढीरहेको बताए । उनले माओवादीहरुको नेतृत्वले विश्वासघात गर्दा सबै माओवादीहरु अहिले दुरावस्थाबाट गुज्रिनु परेको बताए । 

जनयुद्धमा भएका घटनाहरुमा माओवादीलाई दोष लगाइ अपराधीकरणको फैसला सुनाउने योजना रहेको नेता गजुरेलले आरोप लगाए । 

Logo