सरकारले सामुदायिक रेडियोको लागि छुट्टै कानून बनाउनुपर्छ -पृथ्वीसुब्बा गुरुङ

सरकारले सामुदायिक रेडियोको लागि छुट्टै कानून बनाउनुपर्छ -पृथ्वीसुब्बा गुरुङ

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सरकारले सामुदायिक रेडियोको लागि छुट्टै कानून बनाउनुपर्ने बताएका छन् । 

बिहीवार सामुदायिक रेडियो प्रशारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव गुरुङले यस्तो बताएका हुन् । उनले व्यापक समावेशी लोकतन्त्रको सिद्धान्तमा टेकेर सरकारले सामुदायिक रेडियोको संरक्षणका लागि सञ्चार नीति बनाउनुपर्नेमा जोड दिए । अहिलेको परिस्थितिअनुसार नीतिहरु निर्माण हुनुपर्ने बताउँदै कानून परिवेशअनुसारका कानून निर्माण गर्न उनले आग्रह गरे । 

उनले नेपालको सञ्चार नीति बदलिँदो परिस्थितिअनुसार नरहेको बताए । उनले सञ्चारनीतिमा टेकेर सामुदायिक रेडियोको लागि मात्रै सरकारले कानून ल्याएमात्रै सामुदायिक रेडियोहरु व्यवस्थित हुनसक्ने बताए । 

उपमहासचिव गुरुङले सामुदायिक रेडियोलाई कसरी संरक्षण गर्ने भन्ने बारेमा राज्यको विशेष भुमिका हुन आवश्यक रहेको बताए । उनले राज्यले सामुदायिक रेडियोको संरक्षणका लागि विधेयक ल्याउँदा रेडियो संरक्षणका लागि आफ्नो पार्टी सदैव अग्रसर रहने पनि प्रतिवद्धता जनाए । 

Logo