पदम लिम्बुलाई शहीद घोषणा गरी परिवारलाई क्षतिपूर्ति दिन जसपाको माग

पदम लिम्बुलाई शहीद घोषणा गरी परिवारलाई क्षतिपूर्ति दिन जसपाको माग

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टीले कोशी प्रदेश नामकरणको विरोधमा भएको आन्दोलनमा ज्यान गुमाएका पदम लिम्बुलाई शहीद घोषणा गरी परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ ।

साथै उनले आन्दोलनमा घाइते भएकाहरुको उचित स्वास्थ्य उपचारको व्यवस्था मिलाउन पनि सरकारसमक्ष माग गरेका छन् । ५ चैतमा विराटनगरमा भएको प्रदर्शनका क्रममा प्रहरीको लाठी चार्जबाट टाउकोमा चोट लागि गम्भीर घाइते भएका लिम्बुको उपचारका क्रममा १० चैतमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । 

Logo