सत्तारूढ दल नेपाली काँग्रेसले वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज उमेदवार टुंगो लगाउने तयारी गरेको छ। पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज बस्ने बैठकले उपनिर्वाचनका लागि उमेदवार टुंगो लगाउने बताइएको छ।
बैठकले पार्टीबाट सरकारमा कसकसलाई पठाउने भन्ने निर्णय पनि गर्नेछ। यसका लागि बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्दै छ।
पार्टी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जाने काँग्रेसको तयारी छ। मन्त्रालयको भागबण्डामा काँग्रेसको भागमा आठवटा मन्त्रालयल परेको छ।





























प्रतिक्रिया