नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत उर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री बन्ने भएका छन् ।
बस्नेत यसअघि तीनपटक मन्त्री भइसकेका छन् । २०६८ सालमा स्वास्थ्य मन्त्री भएका बस्नेत २०७२ सालमा गृह र २०७४ सालमा वन तथा वातावरण मन्त्री भएका थिए। माओवादी केन्द्रले उर्जा मन्त्रालय पाएपछि बस्नेतले सो जिम्मेवारी पाएका हुन् ।
प्रधानमन्त्रीको रोजाइमा बस्नेत परेपछि उनलाई उर्जा मन्त्रालयको जिम्मेवारी दिन लागिएको प्रधानमन्त्री सचिवालयका एक सदस्यले बताएका छन् । बस्नेतले आज ३ बजे उर्जा मन्त्रीको रुपमा सपथ लिने ती सदस्यले बताए ।





























प्रतिक्रिया