चितवन -२ मा कांग्रेसका श्रेष्ठको उम्मेदवारी दर्ता

चितवन -२ मा कांग्रेसका श्रेष्ठको उम्मेदवारी दर्ता

केन्द्रबिन्दु
0
Shares

चितवन -२ मा आगामी १० वैशाखमा हुने उपनिर्वाचनको लागि नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन् ।

सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर श्रेष्ठले उम्मेदवारी दर्ता गरेका हुन् । उनको समर्थकमा राजेश्वर खनाल र प्रस्तावक रामचन्द्र अधिकारी रहेका छन् । 

यस क्षेत्रमा नेकपा एमालेका रामप्रसाद न्यौपाने र रास्वपाका रवि लामिछानेले पनि उम्मेदवारी दर्ता गरेका छन् ।

Logo