राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ।
आइतबार एक मिडियाले सार्वजनिक गरेको श्रेष्ठ र प्रसाईंबीच भएको अडियो डिलमा रास्वपाका सभापति रवि लामिछानेको नाम पनि लिइएको छ । आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई रकम बुझाउनुपर्ने भन्दै श्रेष्ठले रकम मागेको अडियोमा सुन्न सकिन्छ । जसमा प्रसाईंले पनि दुई करोड दिने ग्यारेन्टी गरेका छन् ।
अडिओ सार्वजनिक भएसँगै रास्पपाले पनि यस विषयमा छानबिन गर्ने तयारी गरेको छ।





























प्रतिक्रिया