आज रास्वपा बैठक बस्दै, के होला बार्गेनिङ प्रकरणमा निर्णय ?

आज रास्वपा बैठक बस्दै, के होला बार्गेनिङ प्रकरणमा निर्णय ?

केन्द्रबिन्दु
0
Shares

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद ढाकाकुमार श्रेष्ठबारे आवश्यक निर्णय गर्न लागेको छ । 

यसका लागि पार्टीको अनुशासन आयोगको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ। सो बैठकले ढाकाकुमार श्रेष्ठलाई कारबाही गर्नेबारे आवश्यक निर्णय गरेर केन्द्रीय समितिमा सिफारिस गर्नेछ । 

रास्वपा अनुशासन आयोगका संयोगक भरतमणि देवकोटाका अनुसार श्रेष्ठले सोमबार नै स्पष्टीकरण बुझाइसकेका छन्। स्पष्टीकरणपत्रमा उनले आफूलाई जोडेर आएको अडियो नक्कली भएको जिकिर गरेका छन् । उनले अडियो सम्पादन भएर आएको जिकिर गरेपनि पार्टीले गर्ने जस्तोसुकै कारबाही भोग्न भने तयार रहेको बताएका छन् ।

Logo