सांसद ढाकाकुमारबारे रास्वपाले बुधबार निर्णय लिने

सांसद ढाकाकुमारबारे रास्वपाले बुधबार निर्णय लिने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग घुस मागेको बारेमा बुधबार निर्णय लिने बताएका छन् ।

श्रेष्ठले व्यवसायी प्रसाईंसँग मन्त्री हुनका लागि दुई करोड माग गरेको अडियो आइतबार सार्वजनिक भएपछि रास्वपाले बुधबारसम्म निर्णय लिने भएको हो । केन्द्रीय समितिको बैठक बोलाएर भोलि निर्णय गर्ने रास्वपा सभापति लामिछानेले बताए । चितवनमा भएको चुनावी सभामा उनले उक्त कुरा बताएका हुन् ।

अडियोमा उल्लेख भएका व्यक्तिहरु आफू वरपरका भए पनि उनीहरुलाई कारबाही गरिने उनले प्रतिवद्धता व्यक्त गरे । 

Logo