नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले संसद विघटनको दाउमा रहेको आरोप लगाएका छन् ।
आज सुनसरीको इनरुवामा सञ्चारकर्मीहरुसँगको भेटमा नेता नेपालले एमाले संसद विघटन गरी मध्यावधी चुनावमा जाने दाउमा रहेको आरोप लगाए । अध्यक्ष नेपालले एमालेको सोचलाई पूरा हुन नदिने बताए ।
उनले संविधान मिच्ने कुरालाई आफूले समर्थन गर्न नसक्ने बताए। उनले एमालेसँगको एकताको सम्भावनाका बारेमा नेपालले मन र विचार मिल्नेहरुसँग वहस र छलफल गर्न तयार रहेपनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भने त्यस एकताको सम्भावना नरहेको बताएका छन्।
नेता नेपालले केही व्यक्तिले पार्टी छाडेको र विचार मिल्ने बारे धारणा राख्नुलाई व्यक्तिगत निर्णयको विषय भएको बताए । उनले पार्टी छोड्नु र प्रवेश गर्नु नियमति प्रकृया रहेको बताएका छन्।





























प्रतिक्रिया