खर्च कटौती गरेर मात्र आर्थिक संकट सुल्झिदैन -सांसद गुरुङ

खर्च कटौती गरेर मात्र आर्थिक संकट सुल्झिदैन -सांसद गुरुङ

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले खर्च कटौति गर्ने सरकारी नीतिप्रति असन्तुष्टि पोखेका छन् । 

देशमा भइरहेको आर्थिक संकटलाई खर्च कटौती गरेर मात्र समाधान गर्न नसकिने बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा सांसद गुरुङले खर्च कटौती आर्थिक संकटको उपाय नभएको भन्दै, ठूलो मात्रामा  खर्च गर्ने उपायहरु निकाल्न सरकारलाई सुझाव दिए । 

उनले भने,‘आज ठूलो समस्याहामीले झेलिरहेका छौँ। कि मूलुकमा आज आर्थिक संकट आइपरेको छ । तर यो आर्थिक संकटलाई खर्च कटौती गरेर मात्र साम्य हुन सक्दैन । आजको दिनमाहामीले ठूलो खर्च कटौती गरिरहेको छौँ । खर्च कटौती उपाय हुँदै होइन । ठूलो मात्रामा हामीले खर्चगर्ने उपाएहरु निकाल्न सक्नुपर्छ । तब मात्र आर्थिक संकटबाट मुक्त हुन्छौँ ।’ 

उनले देशमा नीतिगत, संरचनागत र कार्यन्वयनको तहमा समेत व्यापक भ्रष्टाचार हुने गरेको बताए । 

Logo