राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक सांसदमा विन्दबासिनी कंसाकारलाई निर्वाचित गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिको बैठकले सांसद ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गरेपछि रिक्त स्थानमा कंसाकारलाई निर्वाचित गर्ने निर्णय हो ।
मन्त्री बन्न कोर टिमलाई दुई करोड बुझाउनुपर्ने भन्दै श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको टेलिफोन संवादको अडिओ सार्वजनिक भएपछि उनलाई कारबाही गरिएको हो ।





























प्रतिक्रिया