प्रमुख तीन दलका शीर्ष नेताको बैठक स्थगित

प्रमुख तीन दलका शीर्ष नेताको बैठक स्थगित

केन्द्रबिन्दु
0
Shares

सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक स्थगित गरिएको छ । आज बस्ने भनिएको बैठक स्थगन गरिएको सभामुख देवराज घिमिरेका सञ्चार सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

दिउँसो १ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बस्ने गरी बैठक बोलाइएको थियो । बैठकमा सभामुख घिमिरेसहित प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरू सहभागी हुने भनिएको थियो।

Logo