सुदूपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम् प्रदेशका नदीमा नेपाल र भारत दुई देशको संयुक्त लगानीबाट विद्युत उत्पादन गर्नुपर्ने बताएका छन् ।
सुदूरपश्चिम विश्वविद्यालयमा आयोजित दुई देशका प्रतिनिधिहरू सहभागी तीन दिने मानसखण्ड अन्तर्राष्ट्रिय गोष्ठीमा बोल्दै मुख्यमन्त्री शाहले यस्तो बताएका हुन् ।
नेपाल र भारत दुई देश हुनुभन्दा पुरानो सभ्यताको सम्बन्ध भएको भन्दै शाहले मनासखण्डले दुई देश र प्रदेश जोडिएको बताए । ‘नेपाल र भारतले संयुक्त लगानीमा यो प्रदेशमा भएका नदीबाट विद्युत उत्पादन गरेर एसियामा बेच्न सकिन्छ,’ शाहले भने ।
उनले नेपाल र भारतको संस्कृतिक सम्बन्ध जस्तै आर्थिक सम्बन्ध पनि बलियो हुनुपर्नेमा जोड दिए ।





























प्रतिक्रिया