रवि लामिछानेले गल्ती गरेको होइन, राज्यलाई ढाँटेको हो – योगेश भट्टराई

रवि लामिछानेले गल्ती गरेको होइन, राज्यलाई ढाँटेको हो – योगेश भट्टराई

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका सचिव योगेश भट्टराईले रवि लामिछाने जनतामा भ्रम छर्दै हिँडेको बताएका छन्। आइतबार बिहान चितवनमा पत्रकार सम्मेलनमा बोल्दै पूर्वमन्त्री भट्टराईले लामिछानेले बैशाख १० गते हुने निर्वाचनमा जिते पुन: उपनिर्वाचन हुने निश्चित रहेको दाबी गरेका छन्।

नागरिकताको विषयमा लामिछानेले गल्ती नभई राज्यलाई ढाटेको बताए। ‘लामिछानेले गल्ती गरेको होइन ढाँटेको हो। समाजलाई ढाट्नु अपराध हो।’ भट्टराईले भने ,‘यो पाँच वर्ष ढाँटेको कुरामा प्रायश्चित गरेर बस्न पर्थ्यो। तर उहाँ जनतामा उल्टै भ्रम छरेर बस्नु भएको छ। ’

उनले सुशासन र भ्रष्टाचारको नारा बोकेर हिँड्ने लामिछानेको चरित्र उदाङ्ग भएको टिप्पणी गरे। गृहमन्त्री हुँदा लामिछानेले सार्वजनिक खरिद ऐनविरुद्ध ठेक्का दिएको कुराले उनको चरित्र प्रष्ट भएको बताए। 

Logo