प्रतिनिधिसभामा विचाराधिन रहेको टीआरसी विधेयकलाई न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमती गरेका शीर्ष तीन दलबीचको आज हुने भनिएको छलफल स्थगित् भएको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज हुने भनिएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित नभएपछि छलफल स्थगित् भएको एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले जानकारी दिए।
प्रधानमन्त्री प्रचण्डले विहान ९ बजे आफू बैठकमा उपस्थित् हुन नसक्ने जानकारी दिएपछि काँग्रेस सभापति देउवापनि उपस्थित नभएका हुन्।
बैठकमा सहभागी हुन सभामुख देवराज घिमिरे बालकोट पुगेपनि मुख्य दुई दलका शीर्ष नेताहरु उपस्थित नभएपछि बैठक बस्न नसकेको हो।यसअघि वैशाख १ गतेलाई बोलाएको बैठक पनि स्थगित भएको थियो ।





























प्रतिक्रिया