सबै धर्ममा नैतिकता र आचरणको शिक्षा दिन आवश्यक छ -उपराष्ट्रपति यादव

सबै धर्ममा नैतिकता र आचरणको शिक्षा दिन आवश्यक छ -उपराष्ट्रपति यादव

केन्द्रबिन्दु
0
Shares

उपराष्ट्रपति रामराहय प्रसाद यादवले सबै धर्महरुमा नैतिकता र आचरणको शिक्षा दिन आवश्यक भएको बताएका छन् । 

शुक्रबार काठमाडौंमा श्रीकृष्ण प्रणामी मुल मन्दिर को ५०औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उपराष्ट्रपति यादवले सबै धर्महरुमा एकता र सम्वन्यन गर्दै अनुशासन र शिक्षाको कुराहरु सिकाउन आवश्यक भएको बताएका हुन् । 

‘सबै धर्महरुमा समन्वय एकता रहेको र यसलाई सबैले निरन्तरता दिन आवश्यक छ । विभिन्न स्थानहरुमा गुरुकुलहरुको स्थापना गरि धार्मिक अध्यात्मिक नैतिक आचरण र अनुसाशनका कुराहरु सिकाउन जरुरी देखिएको छ । यसको पहल र नेतृत्व विशेष गरि धार्मिक संघ संस्थाहरुले लिनु पर्ने र आवश्यक सहयोग सरकारले गर्नुपर्छ ।’ उनले भने । 

उपराष्ट्रपति यादवले अगामी दिनमा धार्मिक कार्यबाट सामाजिक क्षेत्रमा थप योगदान पुग्ने विश्वास लिएको बताए । धर्मलाई सामाजिक व्यवस्थापनको उपाधि समेत दिने गरेको उनको कथन छ । 

Logo