काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले पढाएको कुरा खेर नजाने र सिपले व्यक्तिलाई आदर्शवान बनाउने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित शिक्षामा सिपको महत्व विषयक कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख साहले बालबालिकाहरुलाई सानैबाट सिपको महत्व र आदर गर्न सिकाउन यो कार्यक्रमले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए ।
‘पढाएको कुरा खेर जाँदैंन,खानेकुरा पकाउँदा त्यसको अनुभव हुँदै जान्छ । हाम्रो सिपले अर्थतन्त्रलाई राम्रो हुन्छ । केही सिप भएमा बालबालिकाहरु गलत बाटोमा लाग्न बाट बच्न सक्छन् । सिपको महत्व र सिपको आदर गर्न सिक्न सकिन्छ ।’ उनले भने ।
विद्यार्थीहरुलाई सिपको यथार्थलाई बुझ्न कै लागि यो कार्यक्रमको आयोजना गरिएको र यो विद्यार्थीको लागि आवश्यक भएको प्रमुख साहको भनाइ छ ।





























प्रतिक्रिया