झन्डै तीन महिनाको उपचारपछि सांसद चन्द्र भण्डारी आज स्वदेश फर्कदै

झन्डै तीन महिनाको उपचारपछि सांसद चन्द्र भण्डारी आज स्वदेश फर्कदै

केन्द्रबिन्दु
0
Shares

भारतमा उपचाररत नेपाली काँग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा.चन्द्र भण्डारी  आज स्वदेश फर्कदैछन् । 

गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक हुदाँ आगालागीमा परी गम्भीर घाइते भण्डारी झन्डै तीन महिनाको स्वास्थ्य उपचारपछि आइतबार स्वदेश फर्कन लागेका हुन् । 

भण्डारी निकट काँग्रेस नेता माधव न्यौपानेका अनुसार आइतबार दिउँसो २ः५५ बजेको नेपाल वायुसेवा निगमको विमानमार्फत उनी स्वदेश फर्कन लागेका हुन । उनी साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा अबतरण गर्नेछन् । 

नेपाली काँग्रेसका नेतासमेत रहेका प्रतिनिधिसभा सदस्य भण्डारी झन्डै तीन महिना देखी भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत रहेका थिए। उनका अनुसार भण्डारीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको जनाईएको छ । पछिल्लो समयमा उनी बोल्ने र हिँड्न सक्ने भएका छन्।

सो आगलागीमा परी सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए । आमा हरिकलाको भने उपचारका क्रममा गत फागुन ४ गते निधन भएको थियो। उनलाई भने थप उपचारका लागि भारत लगिएको थियो ।  अब नेपालमा नै उनको बाँकी उपचार हुनेछ। 

Logo