नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भ्रष्टाचारविरुद्ध उभिन नसके प्रधानमन्त्रीमाथि औंला ठडिने बताएका छन् ।
सोमबार एकीकृत ट्रेड युनियनको महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले अहिलेको सरकारबाट जनताले धेरै अपेक्षा राखेको भन्दै उपनिर्वाचनको नतिजाले ठूला दल झस्किनुपर्ने बेला आएको टिप्पणी गरेका हुन् ।
उनले भने,‘अहिले देशको राजनीति जुन हिसाबले अगाडि बढिरहेको छ । त्यसबाट जनताले आशा गरिरहेका छन् । मैले पनि प्रधानमन्त्रीसँग अस्ति मात्रै बसेर कुराकानी गरें । यदि तपाईंले राम्रो काम गर्नुभएन भने भ्रष्टाचारका विरुद्ध र जनतालाई सेवा सुविधा दिने कुरामाको सन्दर्भमा ध्यान गएन भने औंलो ठडिनेछ । अहिले दुई ठाउँको निर्वाचनले जुन परिणाम दिएको छ त्यसले ठूला पार्टीलाई झस्काउनुपर्दछ ।’
उनले महावीर पुनले अगाडि सारेको मुद्धमा साथ सहयोग गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘अहिले सडकबाट महाबीर पुनको खोज र अनुसन्धानको महत्वपूर्ण विषय अगाडि सार्नुभएको छ यस्ता राम्रा राम्रा कुरालाई हामीले साथ दिनु पर्छ ।’
मजदुरहरुको बलिदानले मात्र देशमा परिवर्तन आएको उनको दाबी छ । एकीकृत ट्रेड युनियन संगठन वैधानिक भएकाले सहयोग गर्ने घोषणा समेत गरे ।





























प्रतिक्रिया