पूर्वमन्त्री टोपबहादुरका छाेरा सन्दीपलाई काठमाडौं ल्याइयाे

पूर्वमन्त्री टोपबहादुरका छाेरा सन्दीपलाई काठमाडौं ल्याइयाे

केन्द्रबिन्दु
0
Shares

बुटवलमा पक्राउ परेका पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई काठमाडौं ल्याइएको छ । काठमाडौंका एसएसपी दानबहादुर कार्कीका अनुसार उनलाई अहिले बिहान काठमाडौं ल्याइएको हो ।

उनी नेपाली युवालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान ८७५ युवासँग रकम उठाउने गिरोहका सदस्य भएको आरोप छ । सोही आरोपमा प्रहरीले पूर्वमन्त्री रायमाझीलाई पनि खोजीको सूचीमा राखेको जनाएको छ ।

एसएसपी कार्कीका अनुसार काठमाडौं ल्याइएका सन्दीपलाई जिल्ला अदालत, काठमाडौंमा पेश गरेर अनुसन्धानका लागि म्याद लिइनेछ । 

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान खोजेको आरोपमा धमाधम भिआइपीहरु पक्राउ परिरहेका छन् । बुधवार सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरिएको थियो, उनलाई ३ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिइसकेको छ ।

Logo