नेपाली कांग्रेसका सांसद आरजु राणा देउवाले सबै सांसदको सम्पति विवरण सार्वजनिक गर्न चुनौति दिएकी छिन् ।
आजदेखि सुरु भएको संसदको बर्खे अधिवेशनको शून्य समयमा बाेल्दै सांसद आरजुले महिलाको प्रगति देखेर कसैलाई सह्य नभएको भन्दै आक्रोश समेत पोखिन् । ‘नारीले आफ्नो हैसियतमा राजनीति गरेको यो देशमा सह्य हुँदैन रैछ ।’ उनले भनिन् ‘यस्तो नेपालमा मात्रै होइन, अन्तर्राष्ट्रियस्तरमा समेत छ । हामीले संविधानमार्फत् यो कुराको विरुद्धमा लेखेका छौँ । त्यसकारण मैले केही बिराएको छैन, म डराउँदिन ।’
सांसद राणाले अहिलेसम्म सांसद भएको सबैको सम्पति विवरण सार्वजनिक गर्न चुनौति समेत दिइन् । ‘मेरो श्रीमान आजसम्म पाँच/छ चोटि प्रधानमन्त्री भैसक्नु भएको छ । हाम्रो सम्पति मेरो लगायत यो सरकारसंग सुरक्षित छ ।’ उनले भनिन्, ‘सबै सांसदको सम्पति विवरण सार्वजनिक होस् ।’





























प्रतिक्रिया