भुटानी शरणार्थी बनाएर करोडौँ रकम लिने काम राष्ट्रघात र देशद्रोह हाे: एमाले सांसद गैरे

भुटानी शरणार्थी बनाएर करोडौँ रकम लिने काम राष्ट्रघात र देशद्रोह हाे: एमाले सांसद गैरे

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका सांसद ठाकुर गैरेले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर त्यसवापत करोडौँ रकम लिने काम हुनु राष्ट्रघात र देशद्रोह भएको बताएका छन् । 

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सांसद गैरेले उक्त प्रकरणमा संलग्न भएका सबैलाई कडा कारवाही हुनुपर्ने माग राखेका छन्। उनले भने ‘नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेशमा पठाउने  र त्यसवापत करोडौँ लिने काम भ्रष्टाचार र अपराध हो। अपराध मात्र नभइ यो कार्य राष्ट्रघात र देशद्रोह हो। यस प्रकरणमा संलग्न सबैलाई कारवाही गर्नुपर्छ ।’ 

सांसद गैरेले शरणार्थी प्रकरणमा मुछिएका केही सांसदहरु अझै पनि सदनमा बोलिरहेको उल्लेख गर्दै संसदमार्फत सरकारलाई प्रश्न समेत गरेका छन्।
 

Logo