राष्ट्रिसभाका अध्यक्ष गणेशकुमार तिमल्सिनाले नेपालका लागि दक्षिण कोरियाका राजदूत एचई पार्क चोङ सुकसँग भेटवार्ता गरेका छन्।
पार्क आफ्नो कार्यकाल सकाएर स्वदेश फर्कँदै छन्। सोही क्रममा अध्यक्ष तिमल्सिना र पार्कबीच सिंहदरवारमा भेटवार्ता भएको छ। भेटका क्रममा पार्कको नेपाल बसाई र दुई देशको सम्बन्ध मजबुत बनाउन उनले खेलेको भूमिकाको बिषयमा चर्चा भएको थियो ।
त्यस्तै, नेपालमा कोरियाको आर्थिक लगानी र नेपालीका लागि कोरियाली सरकारले दिँदै रोजगारीका सम्बन्धमा पनि दुईबीच चर्चा भएको थियो। भेटका क्रममा अध्यक्ष तिमल्सिनाले भने,‘कोरियाका राजदूतसँग भएको विदाई भेटवार्ता हो । उहाँ यहाँको जिम्मेवारी पूरा गरेर स्वदेश फर्कँदै हुनुहुन्छ। उहाँको नेपाल बसाई र उहाँले नेपाल र कोरियाको सम्बन्ध कायम राख्न गरेको भूमिकाको बारेमा छलफल भयो। आर्थिक लगानि र रोजगारी दिने विषयमा कोरिया सरकारले गरेको योगदानका बारेमा चर्चा भयो ।’
शिष्टाचार भेटका अवसरमा दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले नेपालमा लगानीमैत्री वातावरण बन्न सकेको अवस्थामा कोरियाका धेरै उद्योगहरु नेपालमा आउन सक्ने कुरामा पनि जोड दिए । उनले दुवै देशका बीचमा भविश्यमा उच्चस्तरीय भ्रमण हुने विश्वास व्यक्त गरे ।
उनले नेपाल र दक्षिण कोरियाका बीचमा सम्बन्ध प्रगाढ बनाउन राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले गरेको पहलका लागि प्रमुख आधार बन्न पुगेको भन्दै अध्यक्षको प्रशंसा गरेका थिए ।





























प्रतिक्रिया