‘नक्कली शरणार्थी प्रकरण निकृष्ट अपराध’ -बाबुराम भट्टराई

‘नक्कली शरणार्थी प्रकरण निकृष्ट अपराध’ -बाबुराम भट्टराई

केन्द्रबिन्दु
0
Shares

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नै देशका नागरिकलाई अनागरिक बनाएर विदेशमा तस्करी गर्न खोज्नु निकृष्ट अपराध भएको बताएका छन् । 

बिहीबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणमा राज्य शक्तिको चरम दुरुपयोग गर्ने जोकोही पनि छुट्न नहुने तर निर्दोष भने फस्न नहुने बताएका छन् । उनले यस प्रकरणमा निष्पक्ष अनुसन्धान गरी चाँडो टुंग्याउन आग्रह गर्दै अहिलेसम्म सरकार र प्रहरी प्रशासनले देखाएको तदारूकता स्वागतयोग्य भएको बताएका छन् । 

विज्ञप्तिमा भनिएको छ, ‘यो प्रकरणलाई एउटा महत्वपूर्ण टेष्ट – केसकोरुपमा लिएर हाम्रो राज्य र समाजमा क्यान्सर झै फैलिएको भ्रष्टाचारको समस्यालाई दीर्घकालीनरुपमा निवारण गर्न बिभिन्न प्रणालीमा सुधार गर्न आवश्यक छ ।’ 

Logo