कृषि अर्थतन्त्र कमजोर बने देश सधैं गरीब नै रहन्छः बामदेव गौतम

कृषि अर्थतन्त्र कमजोर बने देश सधैं गरीब नै रहन्छः बामदेव गौतम

केन्द्रबिन्दु
0
Shares

राष्ट्रियसभाका सदस्य बामदेव गौतमले नेपालको मूल अर्थतन्त्र कृषि भएको बताएका छन् । 

बिहीवार काठमाडौंमा आयोजित दिगो विकास शुसासन समिति बैठकमा राष्ट्रिय सभा सदस्य गौतमले मुलुकलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने विषयमा हाम्रो ध्यान जानु आवश्यक भएको बताएका छन् । उनले कृषि अर्थतन्त्र कमजोर हुने हो भने देश सधैँ गरीब नै रहने उल्लेख गरे । 

उनले भने, ‘हाम्रो देशको सबैभन्दा महत्वपूर्ण क्षेत्र भनेको कृषि हो तर यही क्षेत्रलाई सबैभन्दा बेवास्ता गरिएको छ । जब यो हाम्रो हो भने यसमै सबैभन्दा धेरै लगानी गरेर यसलाई उठाउनुपर्छ । अनिमात्रै हामी अघि बढ्न सक्छौँ, अहिले बेवास्ता गरेको बेलामा पनि ३० प्रतिशत बढी हिस्सा अर्थतन्त्रको यसले ओगटेको छ, हामीले महत्वपूर्ण मानेर लगानी बढाउने हो भने जति यहाँ उत्पादन गर्नसक्छौँ, त्यत्ति नै विदेश निर्यात गर्नसक्छौँ । त्यो वातावरण हामीसँग छ । हाम्रो देशको मुल अर्थतन्त्र कृषि हो, कृषि कमजोर भइरह्यो भने हामी सधैँ गरीब भइरहन्छौँ ।’

राष्ट्रिय सभा सदस्य गौतमले नेपाल जस्तो देशको लागि कृषि प्रमुख भएको भन्दै कृषि अर्थतन्त्रलाई विकास गर्न प्रतिवद्ध नभए देश अगाडि बढ्न नसक्ने प्रष्ट पारे । 

Logo