सुदूरपश्चिम प्रदेशमा मन्त्रीको नाम टुङ्ग्याउन माओवादी संसदीय दलको बैठक बस्दै

सुदूरपश्चिम प्रदेशमा मन्त्रीको नाम टुङ्ग्याउन माओवादी संसदीय दलको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुङ्ग्याउन माओवादीले संसदीय दलको बैठक बोलाएको छ।

सहभागी हुने मन्त्रीहरूको नाम टुङ्ग्याउन नसकेको माओवादीले आज दिउँसो २ बजे संसदीय दलको बैठक बोलाएको हो ।

माओवादी केन्द्रले आर्थिक मामिला र भौतिक पूर्वाधार मन्त्रालय मध्ये कुनै एउटा पाउनुपर्ने दाबी गर्दै आएको थियो । तर पहिलै काँग्रेस र समाजवादीले लिइसकेकोले अब माओवादीले तीन वटा मन्त्रालय पाउनुपर्ने अडानमा छ ।

यसैबीच नागरिक उन्मुक्ति पार्टीले पनि २ मन्त्रालयमा आफ्नो अडान कायमै राख्दा मन्त्रालयगत भागबन्डामा ढिलाइ हुँदै गएको छ । भने सत्तारुढ दलभित्र भागबन्डामा सकस हुँदा आपसमा आरोप प्रत्यारोप समेत हुँदै आएको छ । 

Logo