आज एकैपटक १० वटा संसदीय समितिको बैठक बस्दै

आज एकैपटक १० वटा संसदीय समितिको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

आजबाट संघीय संसद् अन्तर्गतका विषयगत समितिहरू क्रियाशील हुने भएका छन्। गत मङ्सिर ४ गते निर्वाचन सम्पन्न भए पनि अझैसम्म विषयगत समितिका बैठक सुरु हुन सकेको थिएन।

अघिल्लो अधिवेशनको अन्तिम दिनमा संयुक्त समितिसहित १० वटा विषयगत समितिमा रहने सदस्यहरू मनोनयन भए पनि बैठक बस्न भने सकेको थिएन। 

जसअनुसार सङ्घीय संसद् सचिवालयले आज १० वटै विषयगत समितिको बैठक एकै पटक बोलाएको छ। सभामुखका प्रेस संयोजक शेखर अधिकारीका अनुसार बैठक बिहान ९ बजे बस्नेछ। ज्येष्ठ सदस्यले अध्यक्षता गर्ने आजको बैठकले दलीय आधारमा समितिका सभापति चयनका बारेमा प्रारम्भिक छलफल गर्ने बुझिएको छ ।

Logo