नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले रेशम चौधरी क्रान्तिकारी रहेको बताएका छन्।
बुधबार ट्वीट गर्दै भट्टराईले चौधरीले विद्रोह गरेर नयाँ र भविष्यमुखी सोच, मान्यता र विधि स्थापित गर्ने खोजेको बताउँदै उनलाई क्रान्तिकारीको संज्ञा दिएका हुन्।
'अदालत र न्यायाधीसले पुराना/विद्यमान कानून,नजीर,सोँच राखेर ‘अपराध’ को परिभाषा गर्छन् र ‘अपराधी’ लाई दण्ड सुनाउँछन्! क्रान्तिकारीले पुरानो/विद्यमानसँग विद्रोह गरेर नयाँ/भविष्यमुखी सोँच/मान्यता/विधि स्थापित गर्न खोज्छन्,' भट्टराईले लेखेका छन्,' इतिहासमा यो अन्तरविरोध निरन्तर चलिरहेको छ र चलिरहनेछ!रेशम चौधरी क्रान्तिकारी हुन्! सलाम।'





























प्रतिक्रिया