संसदमा बिहीवार प्रधानमन्त्री र सांसदबीच प्रश्नोत्तर हुने, यस्ताे छ सम्भावित कार्यसूची

संसदमा बिहीवार प्रधानमन्त्री र सांसदबीच प्रश्नोत्तर हुने, यस्ताे छ सम्भावित कार्यसूची

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल र सांसदहरुबीच बिहीबार प्रत्यक्ष प्रश्नोत्तर हुने भएको छ । 

बिहीबार बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्ड र सांसदबीचको प्रत्यक्ष प्रश्नोत्तर हुने सम्भावित कार्यसूची सार्वजनिक भएकाे हाे । 

संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले बुधबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने उल्लेख गरिएको छ । 

साथै सोही बैठकमा प्रधानमन्त्री प्रचण्डले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धि सहितको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पेस गर्ने पनि कार्यसूचीमा उल्लेख छ । 

No description available.

Logo