प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्याय विधेयक टुंग्याउन राजनीतिक सहमति भइसकेको दाबी गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा सांसद् पूर्णबहादुर घर्तीले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय सम्बन्धी सबै कामलाई वृहत् शान्ति सम्झौताको मर्म र भावना अनुरूप समाधान गर्न सरकारले प्रयास गरिरहेको बताएका हुन् ।
जघन्य अपराधमा संलग्न कसैलाई पनि छुट नदिइने उनको भनाई थियो ।
‘बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको सिफारिसका जनयुद्ध र जनआन्दोलनका घाइते र अपाङ्ग भएका व्यक्तिको पुनर्स्थापनाका लागि प्राथमिकताका साथ अगाडि बढाइन्छ।’ उनले भने, ‘द्वन्द्वकालीन विषयका मुद्धामा सबै राजनीतिक दल एकै ठाउँमा उभिन जरुरी छ। विचाराधिन विधेयकलाई राजनीतिक सहमतिबाट टुग्याउने समझदारी भइसकेको छ।’





























प्रतिक्रिया