राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचारको काण्डमा सबै दलका ठूला नेताहरु संलग्न रहेको आरोप लगाएका छन् ।
बिहीवार वसन्तपुरमा भ्रष्टाचारविरोधी प्रदर्शनमा अध्यक्ष लिङ्देनले भ्रष्टाचारमा ठूला दलहरुको सर्वदलीय सहमति जस्तो रहेको आरोप लगाएका हुन् ।
उनले भने, ‘ठूला भ्रष्टाचारका काण्डहरुमा सबै दलका ठूला दलका नेताहरुको संलग्नता भएकै कारण जतिसुकै भ्रष्टाचारका मुद्दाहरु सार्वजनिक भए पनि आयोग गठन गर्ने, केकेअनुसन्धान गर्ने नाममा फासफुस भएर गएका छन् । त्यसैले अहिलेसम्म सबै भ्रष्टाचारका काण्डहरुमा ठूला दलको संलग्नता छ । सर्वदलीय सहमति जस्तो छ भनेर हामीले भन्दै आएका थियौं । र अहिले यो प्रमाणित भएको भयो कि भएन ? सत्य भयो कि भएन ।’
उनले कच्ची पुल बनाएर खाने, बाटो कच्ची र नक्कली बनाएर खाने र खाँदा खाँदा नागरिक बेचेर जस्तो खाने जस्तो तल्लो स्तरको भ्रष्टाचार बढेको टिप्पणी गरे । गाउँघरतिर नेता जाँदा चोर आए भन्छन् भनेर दिएको अभिव्यक्ति अहिले पुष्टि भएको पनि अध्यक्ष लिङ्देनको जिकिर थियो ।
साथै अध्यक्ष लिङ्देनले आफ्नै पार्टीको नेतृत्वमा देशमा हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापित हुने दाबी गरेका छन् । यसका लागि कुनै विदेशीको आशिर्वाद र पैसा नलिने उनको भनाइ छ ।





























प्रतिक्रिया