सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले नै प्रस्तुत गर्ने

सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले नै प्रस्तुत गर्ने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रमम प्रस्तुत गर्ने भएका छन्। स्वास्थ्यका कारण नीति तथा कार्यक्रम प्रस्तुत नगर्ने भन्ने संशयका बिचमा अन्तत: राष्ट्रपति पौडलले आज  प्रस्तुत गर्ने भएका हुन्।

‘स्वास्थ्यका कारण राष्ट्रपतिज्यूले सरकारको नीति तथा कार्यक्रम पेश नगर्ने भन्ने बाहिर कुराहरु आएका थिए तर राष्ट्रपतिले आफै प्रस्तुत गर्ने निधो भएको छ,’ राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भने। उनका अनुसार राष्ट्रपतिको स्वास्थ्यमा सुधार आएकाले नीति तथा कार्यक्रम प्रस्तुत गर्न कुनै समस्या रहेको छैन। 

पुष्पकमल दाहाल नेतृत्वको सरकारले आर्थिक बर्ष २०८०/८१ का लागि सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको हाे। प्रधानमन्त्री प्रचण्डले सरकारले सो नीति तथा कार्यक्रम ल्याउने भएपछि यसअघि नै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई संसदको तयारी गर्नका लागि यसअघि नै अनुरोध गरिसकेका छन्। 

भ्रष्टचारीलाई कारबाही गर्ने प्रमुख अजेन्डासमावेश गरेर सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। राष्ट्रपतिले स्वास्थ्यका कारण असम्भव भएमा प्रधानमन्त्री दाहालले नै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने यसअघि चर्चा भएको थियो।

तर, राष्ट्रपति पौडेलले नै प्रस्तुत गर्ने टुंगो भएको हो। राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेका हुन्।  पौडेलले २०८० साल जेठ ५ गते शुक्रबार १६:०० बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने स‌ंसद सचिवालयले जनाएकाे छ ।

Logo