नक्कली शरणार्थी प्रकरणमा संलग्नहरुलाई निष्पक्ष छानबिन गर्न माग गर्दै जनमत पार्टले वीरगन्जमा ४ दिनदेखि लगातार विरोध प्रदर्शन गरेको छ ।
जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फको अध्यक्षतामा भएको विरोध कार्यक्रममा सहभागीहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन निष्पक्ष हुनुपर्ने, मधेस सरकारको साइकल घोटाला काण्ड, छोरी बिमा कार्यक्रम, पोखरी सौन्दर्यीकरणको नाममा भएको अनियमितता छानबिन गरेर संलग्न सबैलाई कडा कारबाही गरी सबै सम्पत्ति जफत गर्नु पर्ने माग गरेका छन् ।
विरोध कार्यक्रममा घटनाको निष्पक्ष छानबिन गर्न खुट्टा नकमाउन प्रहरीलाई उनीहरुले आग्रह समेत गर्दै आएका छन् । जनमत पार्टीका पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले भ्रष्ट्राचार घटनामा अनुसन्धान र दोषीलाई कारबाही नभएसम्म विरोध कार्यक्रम जारी राख्ने बताए । ‘आन्दोलनको स्वरूप परिवर्तन होला तर विरोध कार्यक्रम रोकिँदैन’ अध्यक्ष सरार्फले भने ।





























प्रतिक्रिया