संघीय अस्पतालका कर्मचारीको विवरण बुझाउन स्वास्थ्य मन्त्रालयको १५ दिने अल्टिमेटम

संघीय अस्पतालका कर्मचारीको विवरण बुझाउन स्वास्थ्य मन्त्रालयको १५ दिने अल्टिमेटम

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले, संघीय अस्पतालमा कार्यरत कर्मचारीहरुको विवरण १५ दिन भित्र बुझाउन निर्देशन दिएका छन् । 

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले मन्त्रालयले स्वास्थ्य क्षेत्र सुधारका लागि संघीय अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीको लिस्ट  १५ दिन भित्र बुझाउन निर्देशन दिइएको जानकारी दिए।

उनले जनताको स्वास्थ्य र सुरक्षाको कुरामा सरकारले व्यवस्थित गर्नकै लागि आफुहरुले उक्त कदम चालेको बताए । जुन ढंगले राष्ट्रिय सेवा कर्मचारीहरुले काम गर्नु पर्ने हो त्यो नदेखिएको र उपकरण खरिद गरेर दुई वर्षसम्म पनि प्रयोग नगरेको र खरिद आवश्यकता भन्दा बढी देखिएको उनको भनाई  छ । 

Logo