गृहमन्त्रालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र एमसिसी (मिलेनियम च्यालेन्ज कर्पोरेशन)का भाईस प्रेसिडेन्ट जोनथन बुक्सबिच भेटवार्ता भएको छ।
सिंहदरबारस्थित गृहमन्त्रालयमा भएको भेटवार्तामा एमसिसी परियोजना अन्तर्गत हालका गतिविधिको बारेमा सामान्य छलफल भएको गृहमन्त्रालयका सचिव दिनेश भट्टराईले जानकारी दिए। भेटघाटका क्रममा भाईसि प्रेसिडेन्ट बुक्सले परियोजनाको अगामि गतिविधिका लागि आवश्यक जग्गा प्राप्ती र परियोजनालाई उपलब्ध गराउनु पर्ने सुरक्षा तथा समन्वयका पक्षमा गृहमन्त्रालयको तर्फबाट हुन सक्ने सहयोगका लागि आग्रह गरेका थिए।
भेटवार्ता बारे जानकारी दिँदै गृहसचिव भट्टराईले भने,‘प्रधानमन्त्री दाहालसँग एमसिसी परियोजनाको गतिविधिका सम्बन्धमा सामान्य कुराकानी गर्न उहाँ उपस्थित हुनु भएको थियो। भेटवार्ताका क्रममा परियोजनाको अगामि गतिविधि, जग्गा प्राप्ती र परियोजनालाई उपलब्ध गराउनु पर्ने सुरक्षा तथा समन्वयका पक्षमा गृहमन्त्रालयको तर्फबाट हुन सक्ने सहयोगका लागि उहाँले आग्रह गर्नुभएको छ।’
उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले परियोजना समयमै सम्पन्न गर्न मन्त्रालय र मातहत रहेका जिल्ला प्रशासन कार्यालयबाट पर्याप्त सहयोग हुने विश्वास दिलाएको गृहसचिव भट्टराईले बताए।





























प्रतिक्रिया