राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम साहले भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका र केही समय हराएकाहरुपनि संसदमा देखिएको बताएका छन्।
आइतबारको प्रतिनधिसभा बैठकमा सांसद साहले नाम मुछिएकाहरुलाई प्रहरीले छानविनको घेरामा ल्याउछ कि ल्याउदैन भनेर प्रश्न समेत गरे। उनले बिभिन्न अडियामार्फत सांसदहरुकै नाम पनि आइरहेको अवस्था उनीहरुको अडियो छानविनमा राखिएको छ या छैन भन्दै प्रश्न समेत गरे।
उनले भने “भुटानी शरणार्थी प्रकरणको चलचित्रमा थुप्रै पर्दाका खलनायकहरु देखा परे तर धेरै जना पर्दामा नल्याई लुकाउने प्रयास गरिएको छ भनेर सुन्नमा आएको छ। शरणार्थी प्रकरणमा नाम जोडिएका सम्पर्क विहीन भनिएको सांसद संसदमा उपस्थित भइन्। त्यसपछि उनलाई सोधपुछमा ल्याइयो कि ल्याइएन् त ? विभिन्न नाम आएका अडियो समेत सार्वजनिक भएकाहरुसंग किन एकपटक पनि सोधपुछ भएन् ? सांसद साहले नेकपा एमालेका अध्यक्ष केपी ओलीले जेठ चारमा खोल्ने भनिएको रहस्य आज खुल्छ की खुल्दैन भन्ने प्रश्न समेत गरे। उनले प्रमुख तीन पार्टी बसेर सबै कुरा टाकटुक्क मिलाइयो भन्ने गन्ध संसारभरि फैलिसक्यो त्यो गन्ध के हो ?” भन्दै प्रश्न राखेका छन्।





























प्रतिक्रिया