नेकपा बहुमत पार्टीका संयोजक धमेन्द्र बास्तोलाले नक्कली भुटानी शरणार्थी प्रकरणले अन्तराष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा खस्काएको बताएका छन्।
क्रान्तिकारी कम्यूनिष्ट पार्टीले गरेको अन्तक्रियामा संयोजक बास्तोलाले देशको नागरिकलाई अन्य देशमा शरणार्थी बनाएर निर्यात गर्ने जस्तो नीच कामले अन्तराष्ट्रिय जगतमा नेपालको मान सम्मान खस्काएको बताए।
उनले भने,‘नक्कली भुटानी शरणार्थी प्रकरणले अन्तराष्ट्रिय जगतमा नेपालको मान सम्मान खस्काएको छ। यस धन्दामा सरकारका मन्त्री नै संलग्न रहेको देखियो।
आफ्ना नागरिकलाई शरणार्थी बनाएर अर्को मुलुकमा निर्यात गर्ने नीच धन्दामा हाम्रा नेताहरु संलग्न भएको देखियो। यस्ता नीच हर्कदले नेपालको अन्तराष्ट्रिय छवि धुमिल बनाइदियो।’
संयोजक बास्तोलाले यस्ता धन्दा विगतदेखि नै हुँदै आएको र शासकले शक्तिको दुरुपयोग गरि दवाएर राखेका कारण सार्वजनिक नभएको बताए।
उनले भने,‘नेताहरुका नीज हर्कदले देश बदनाम भयो। यी धन्दा बिगतदेखि नै चल्दै आएका थिए। लामो समयसम्म यसलाई गुपचुप राखियो। यसबाट के पुष्टि हुन्छ की यस्ता घटना शासक वर्गले दवाएर राख्ने गर्छन। यो अक्ष्यम्म अपराध हो।’





























प्रतिक्रिया