सिके राउतको टिप्पणी- नीति तथा कार्यक्रम संघीयता विरोधी भयो

सिके राउतको टिप्पणी- नीति तथा कार्यक्रम संघीयता विरोधी भयो

केन्द्रबिन्दु
0
Shares

जनमत पार्टीका सांसद सिके राउतले माओवादी केन्द्रले ल्याएको नीति तथा कार्यक्रम संघीताविरोधी रहेको दाबी गरेका छन् । 

मंगलबार प्रतिनिधि सभाको बैठकमा सरकारले प्रस्तुत गरेको नीति कार्यक्रममाथि  टिप्पणी गर्दै सांसद राउतले यस्तो बताएका हुन् ।  

उनले भने,‘नीति तथा कार्यक्रममा संघीयताको उच्चारण तीन ठाउँमा मात्रै गरिएको छ । जस्तो नीति तथा कार्यक्रमको बुँदा नम्बर १९ मा वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयन गरिने छ भनिएको छ । त्यो बाहेक कार्यक्रममा संघीयतासँग सम्बन्धित कुनै ठोस कार्यक्रम छैन । जस्तो नीति तथा कार्यक्रमा प्रदेश प्रहरी, कर्मचारी समायोजन जस्ता बिषयलाई ठोस रुपमा सम्बोधन गरिनुपर्थ्याे ।’

Logo