संसदमा मन्त्री नदेखेपछि एमालेले जनायाे नियमापत्ति

संसदमा मन्त्री नदेखेपछि एमालेले जनायाे नियमापत्ति

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका सांसद महेश बर्तौलाले सांसदमा मन्त्रीविना छलफल प्रक्रिया अगाडि बढ्न नसक्ने भन्दै नियमापति जनाएका छन् । 

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बर्तौलाले बैठकको नियम ६ को ५ मा बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने छ भनिए पनि मन्त्रीको उपस्थिति नदेखिएको भन्दै नियमापति जनाएका हुन् । 

उनले भने, ‘बैठकको काम प्रक्रिया अगाडि बढाउँदा हाम्रो नियामावलीमा व्यवस्था गरिएको छ, नियम ६ को ५ मा बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने छ भनिएको छ । मन्त्री नदेखिएको हुदाँ यो बैठक अगाडि जाने कुरा, छलफल प्रक्रिया अगाडि बढ्ने कुरा हुन सक्छ कि सक्दैन् नियमापति छ ।’  

Logo